समाचार

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

Banner

मलेखु (धादिङ) साउन २८-
धादिङको गजुरी गाउँपालिका–१ मा पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण सडकमाथिबाट खसेको लेदो र पहिराले साडे चार बजेदेखि अवरुद्ध भएको राजमार्ग नेपाली सेना र स्थानीयको सहयोगमा सडक विभागले पहिरो पन्छाएर सवारी सञ्चालनमा ल्याएको हो ।

गजुरी गाउँपालिकाको कार्यालयभन्दा केही पर पहिरो खसेको थियो । पहिराले सडकमाथिबाट ढुङ्गामाटो र रुख सडकमा थुप्रिएका थिए । त्यो सबै हटाएर सवारी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रमा बिहानैदेखि अविरल रुपमा पानी परिरहेको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि नागढुङ्गासम्मका सडक वर्षातको पानीले ठाउँठाउँमा हिलाम्मे भएको छ । खाल्डोखुल्डी परेको स्थानमा पानी जमेका कारण सवारीलाई त्यस्ता दुरी पार गर्न निकै कठिनाइ पर्ने गरेको छ । सडक स्तरोन्नतिको क्रममा साँघुरा सडक चौडा गरिँदै गरेको र घुम्ती काटिँदै गरेको स्थानहरुमा अझ जोखिम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>