समाचार

बर्दियाका चार सयभन्दा बढी घर डुबानमा

Banner

बर्दिया साउन २८—
बर्दियाको गुलरिया नगरपालिकामा चार सयभन्दा बढी घरहरु डुबानमा परेका छन् । आइतबार बिहानदेखिको भारी वर्षापछिको बाढीले गुलरिया ५, ८ र ११ वडाका घरहरु डुबाएको हो ।  गुलरिया ५ स्थित प्रयागपुरमा निर्माणाधीन तटबन्ध अपराहृन बगाएपछि आसपासका दर्जनौं घर डुबानमा परेको प्रहरीले जनाएको छ । त्यहाँ रहेको थारु संग्रहालय पनि डुबानमा परेको छ ।

यसैगरी गुलरिया ८ मा बाढी पस्दा डम्पिङ साइड क्षेत्रका घरहरु डुबानमा परेको छ । गुलरिया ११ को इन्द्रपुरको दुई दर्जनभन्दा बढी घरमा पानी पसेपछि उनीहरु विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुधीर शाहीले गुलरिया ११ को टडुवा, सूर्यगौढी आसपासका बस्ती डुबानमा परेको बताए । जिल्लामा साँझसम्म ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जनाए । गुलरिया नेपालगन्ज जोड्ने हुलाकी सडक माथिबाट पानी बगिरहेकोले यातायात प्रभावित भएको छ । सोमबार बिहानसम्म बाढीको जोखिम भएकोले उच्च सतर्कतामा रहन आहृवान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए । सदरमुकाम आसपासका क्षेत्रमा सुरक्षित रहन साइरन बजाउन थालिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>