बाढि पहिरो

बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर

Banner
भोजपुर,साउन २८-
निरन्तरको बर्सातले पूर्वी पहाडी जिल्ला भोजपुरकाठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुको समेत अभाव हुन थालेको स्थानीयको भनाइ छ ।
सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको समेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताउनुभयो । बाढीले सडक बगाएकाले  आपत्विपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
“निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको छ”, उहाँले भन्नुभयो, “नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ । बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पु¥याउन सक्ने अवस्था छैन ।”
भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसादराई, साल्पासिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिराका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिनुभयो ।
बर्सातले सडक अवरोध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न नसकेको उहाँको भनाइ थियो । “बर्सातले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरा गएकोले हप्तौँबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।”
अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताउनुभयो । “बर्सातले कृषकहरुलाई थप समस्या थपिएको छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरकारी  बजारसम्म पु¥याउन नसक्दा बारीमा कुहिएर जान थालेका छन् ।” लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ ।
बजारमा लगेर बिक्री गर्ने समयमा बर्सातले बाटो बिग्रिएपछि आलु कुहिएको उहाँले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>