देश/प्रदेश

प्रहरीमाथि कुटपिट गर्ने तीन जना प्रकाउ

Banner

पोखरा, वैशाख २३-

स्याङ्जामा प्रहरीमाथि कुटपिट भएको छ । प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह युवाको कुटपिटबाट घाइते भएका हुन् ।

स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट हो । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

कुटपिटबाट असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङ प्रकाउ गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>