समाचार

कुलमान घिसिङको पत्रकार सम्मेलनमा झ्याप-झ्याप बिजुली गएपछि…

Banner

काठमाडौं,असोज २५-

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
प्राधिकरणका गतिविधिबारे जानकारी गराउँदै गर्दा बत्ती गएपछि कुलमान एकछिन तनावमा परेका थिए । मिडियाहरूमा जारी प्रेसमिटको प्रत्यक्ष प्रसारणसमेत केहीबेर अवरुद्ध भयो ।

लाइन गएपछि कुलमानले पानी परेर विभिन्न ठाउँमा सिस्टममा खराबी आएकोले गर्दा यस्तो समस्या आएको भन्दै प्रष्टीकरण दिएका छन् । पछिल्ला केही दिनदेखि देशभर बिजुली जाने समस्या बढ्दै गएको छ । पूर्वसूचनासमेत नगरी बिजुली बीचबीचमा गइरहँदा उपभोक्ताको गुनासो बढ्दो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>