चितवन विशेष
राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ–मुग्लिन सडकमा खटायो र्यापिड एक्सन टिम
०

चितवन, साउन २३-
राष्ट्रिय स्वतन्त्र पार्टीले वर्षाका कारणले पटक–पटक अवरुद्ध हुने गरेको नारायणगढ–मुग्लिन सडकमा र्यापिड एक्सन टिम (आरएटी) खटाएको छ ।
पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन सो टिम खटाइएको पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार टिममा झण्डै ५० जना युवाहरु खटिएका छन् । प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा खटिएका युवाहरु वर्षाभर सडकमा रहने उनले नारायणी अनलाइनलाई जानकारी दिए । सडकमा खटिएका प्रहरीहरुलाई सहयोग गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा खटिएको टोलीले मुग्लिङ–नारायणगढ सडक खण्डमा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न कालीखोलालगायतका विभिन्न स्थानमा सहजीकरण गरिरहेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















