चितवन विशेष

आज चितवन, नवलपरासीसहित विभिन्न जिल्लामा बाढीको जोखिम

Banner

चितवन, साउन २२-

आज नारायणी सहित ९ मुख्य नदीका १६ सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नारायणी, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ति, दुधकोशी, तामाकोशी, त्रिशुली, बुढीगण्डकी, सेती, कालिगण्डकी, अरूण, भेरी, पश्चिम सेती, कन्काई, कमला र बबई नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् गरिएको हो।

महाशाखाले १६ जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जानकारी दिएको छ।

चितवन, नवलपरासी (ब.सु.पू), मकवानपुर, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>