देश/प्रदेश

प्रहरीलाई राजश्वले सुन प्रकरण अनुसन्धानको फाइल बुझाउने

Banner

काठमाडौँ, साउन २१-

राजश्व अनुसन्धान विभागले सुन प्रकरणको थप अनुसन्धान गर्न फाइल प्रहरीलाई बुझाउने भएको छ। राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय भएको जानकारी दिए।

‘यो संगठित अपराध हो। अहिलेसम्म पक्राउ परेका व्यक्तिहरूलाई पनि प्रहरीलाई बुझाउँदैछौं,’ आइतबार पत्रकार सम्मेलन गर्दै ढुंगानाले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत साउन २ गते करिब एक सय किलो सुन बरामद भएको थियो। सुन प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको छ। तीमध्ये एक जना छुटिसकेका छन्। बाँकी १७ आरोपीलाई प्रहरीको जिम्मा लगाउन लागिएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>