राजनीति

सुन प्रकरण विषयले माओवादी केन्द्रको बैठकमा प्रवेश नै पाएन

Banner

काठमाडौं, साउन १८-
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको केन्द्रीय कमिटी बैठकमा वाचन गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन कति पृष्ठ लामो छ कार्यकर्ताहरूलाई थाहा छैन। किनकी प्रतिवेदन पार्टीका केन्द्रीय सदस्यलाई वितरण गरिएको छैन। ४९ मिनेट बोलेर प्रतिवेदन पेश गरेका अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक र सांगठनिक परिस्थितिसँगै सरकारले गरेका काम कारबाहीको जानकारी गराए। उनले आफ्नो नेतृत्वमा सरकार बनेलगत्तै जनतामा आशाको सञ्चार भएको बताए।

तर, गत साउन २ गते विमानस्थल नजिकबाट झन्डै सय केजी सुन बरामद भएको विषय र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको ९ केजी सुन जफत भएको प्रसंगबारे प्रचण्ड मौन रहे । पछिल्लो समयमा सुन बरामद प्रकरणलाई सरकारले सुशासनका क्षेत्रमा गरेको ठूलामध्ये एउटा राम्रो कामका रूपमा लिइएको थियो। तर अध्यक्ष प्रचण्डले आफ्नो ४९ मिनेट लामो प्रतिवेदनमा एक ठाउँमा पनि सुन प्रकरणमा छानबिन अघि बढेको विषय उठाएका छैनन्। उनले अरू सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको र गरेको भनिएका अरू कुनै पनि विषय भने छुटाएका छैनन्।

‘सरकारले भुटानी शरणार्थी प्रकरणमा गरेको पर्दाफास दूरगामी महत्वको थियो। ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाहीले राज्य संयन्त्रको दुरूपयोगमार्फत् गरिएको अपराधको पर्दाफास भइरहेको छ,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ, ‘मिजरब्याज पीडितहरूको पक्षमा बनाइएको कानुन र नागरिकताविहीन नेपालीका लागि नागरिकता ऐन निर्माण, वैदिशक रोजगारीमा रहेका श्रमिक नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा कोष र सामाजिक न्यायका क्षेत्रमा गरिएको पहल कदमी स्पष्ट रूपमा देखिँदै गएको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>