देश/प्रदेश
एमालेलाई जनार्दनको जवाफ-सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन

काठमाडौं, साउन १७-
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । एमालेले सदन अवरोध गरिरहेको बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन्।
केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान गरिरहेकोले अर्को समिति नचाहिने बताएका हुन्।
उनले भने, ‘अनुसन्धान गर्ने निकाय सरकारकै हो। सरकारकै निकायले काम गरिराखेका छन्।सरकारले पक्रेको छ। सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्य तथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनुपर्ला। सरकारले पक्रेको कुरामा अहिले उच्चस्तरीय छानबिन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य आइसकेपछि हो वा होइन भन्ने कुराको टीकाटिप्पणी गर्ने ठाउँ भइहाल्छ नि।’



























