राजनीति
बुद्धनगरमा जनमत पार्टीको राष्ट्रिय परिषद बैठक, अध्यक्ष सिके राउतले प्रशिक्षण दिने
०

काठमाडौँ,साउन १७-
जनमत पार्टीको राष्ट्रिय परिषदको बैठक बसिरहेको छ । बुद्धनगरको एक पाटी प्यालेसमा परिषद्को बैठक चलिरहेको हो । मिसन ८४ अन्तर्गत बैठक बोलाएको सो पार्टीका एक नेताले बताएका छन् । बैठकमा पार्टी अध्यक्ष सिके राउतले प्रशिक्षण दिने र नेताहरुबाट राय सुझाव लिइने बताइएको छ ।
मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा छलफल तथा प्रशिक्षण चलाइरहेको छ । वडा तहदेखि प्रशिक्षण सुरु गरेको सो पार्टीले जिल्ला इन्चार्ज, प्रतिनिधिसभा तथा प्रदेशसभा, मधेश प्रदेश समितिको प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























