राजनीति

हिजो सभामुखबाट राजीनामा दिएका बाबुराम आज मन्त्री बन्दै

Banner

काठमाडौं, साउन १७-

कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन्। सरकार बनाउन बहुमत पुर्‍याउन गौतमले हिजो (मंगलबार) सभामुखबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए। तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन।

आङ्बोका अनुसार बुधबार बिहान ११ बजेपछि गठबन्धन दलको बैठक बसेर मन्त्रालयको टुंगो लगाइनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>