राजनीति
धेरैको विरोध आएपछि माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
०

काठमाडौं,साउन १७-
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।
सो बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो । तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























