राजनीति
टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष
०

काठमाण्डौ, साउन १-
सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन हाल प्रतितिनिधिसभामा विचाराधीन छ । उक्त विधेयकको विवादित विषयमाथि हाल एक उपसमितिमा छलफल भइरहेको छ । कांग्रेस नेता विश्वकर्माले संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























