राजनीति
नागरिक उन्मुक्ति बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने
०

काठमाडौं,साउन १६-
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । आज बालुवाटारमा मन्त्रालयको संख्यामा सहमति जुटेपछि नागरिक उन्मुक्ति सरकारमा जान तयार भएको हो ।
पार्टीका संरक्षक रेशमलाल चौधरीले बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने जानकारी दिएका छन् । यसअघि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने बताएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























