राजनीति

एमालेले संसद बैठकमा सुन प्रकरणबारे अनुसन्धान गर्न छानबिन समितिको प्रस्ताव गर्ने

Banner

काठमाडौं, साउन १६-

प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सुन बरामद प्रकरणबारे अनुसन्धान गर्न समिति बनाउन प्रस्ताव गर्ने भएको छ। कार्यव्यवस्था समितिको बैठकमा सुरूमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको हो।

त्यसपछि सत्तापक्ष छानबिन समिति बनाउन सहमत भयो भने संसद बैठक चल्ने नत्र अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि कार्यव्यवस्था समितिको बैठक लम्बिएकाले सुरू भएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>