राजनीति

संसद्को अवरोध हटाउन सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समिति

Banner

काठमाडौं, साउन १६-

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।सभामुख घिमिरेले संसद्को अवरोध हटाउन मध्याह्न १२ बजे बैठक बोलाएका हुन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘सदनको अवरोध खुलाउन सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्नुभएको छ,’ ‘सदन अवरूद्ध हुँदा जनताको आवाज अवरूद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो।’

सभामुखले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराएको घिमिरेको भनाइ छ।

सुन काण्डबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले संसद् अवरूद्ध गर्दै आएको छ।

प्रमुख प्रतिपक्षीको अवरोधका कारण साउन १० गतेदेखि सदन चल्न सकेको छैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>