चितवन विशेष
राष्ट्रिय युवा संघको जिल्ला कमिटि चितवनको विस्तारित बैठक सकियो, अधिवेशन गराउने जिम्मा अधिकारीलाई

चितवन, साउन १५-
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको विस्तारित बैठक सकिएको छ । मिसन नेक्सट इलेक्सन तार्गेट न्यू जेनेरेसन भन्ने नाराका साथ पूर्वि चितवनको रत्ननगरमा सोमबार(आज) भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भएको थियो । विस्तारित बैठकले नयाँ सदस्यता वितरण अभियानालाई अगाडि बढाउने र जिल्ला, नगर कमिटिको अधिवेशन गराउने निर्णय गरेको छ ।
जिल्ला अधिवेशन आयोजक कमिटिमा शंकर अधिकारीको संयोकत्वमा समिति बनेको छ । त्यस्तै भरतपुर महानगरपालिका अधिवेशन आयोजक कमिटीमा राम कार्कीलाई संयोजक तोकिएको छ । जिल्ला अधिवेशन आगामी भदौ १५ र १६ गते हुने अधिकारीले जानकारी दिए । उनका अनुसार खैरहनी नगर कमिटिको अधिवेशन यही २७ गते र भरतपुर महानगरपालिकाको अधिवेशन भदौ २ गते हुँदैछ । अन्य पालिकाको भने यसअघि नै भैसकेको उनले जानकारी दिए । यसअघि माडि नगर कमिटिको अध्यक्षमा मुना मिया, रत्ननगर नगर कमिटिको अध्यक्षमा सन्देश पन्त, राप्ती नगर कमिटिको अध्यक्षमा सोम बहादुर पुन, कालिका नगर किमिटिको अध्यक्षमा जिवन थापामगर, र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा आशिक थापामगर चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै असार, साउन, भदौ र असोजमा संगठन विस्तारको अभियान नै थालेको छ । आज भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका युवा नेता महेश बस्नेत, क्षितिज थेबेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ४ सयभन्दा बढी युवा सहभागि भएको अधिकारीले जानकारी दिए ।



























