राजनीति

एमालेले सुन तस्करीमा उच्चस्तरीय समिति बनाउन माग गरेपछि संसद स्थगित

Banner

काठमाण्डौँ, साउन १५-

प्रमुख दलहरुबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

१० साउनमा नेकपा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेको थियो । त्यतिबेला सभामुख देवराज घिमिरेले सोमबारका लागि बैठक तोकेका थिए ।
संसदको अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता पनि भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरे । भेटमा प्रधानमन्त्री संसदको अवरोध खुलाउने र सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयक अगाडि बढाउने विषयमा सकारात्मक भइदिन आग्रह गरेका थिए ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जारी अवरोध खुलाउने सहमति भएको थियो । सुरुमा एमालेको एक जना सांसदले बोल्ने र त्यसपछि सुन प्रकरणको विषयमा गृहमन्त्रीले जवाफ दिने तय भएको थियो ।

‘तर बालुवाटारमा भएको सहमति एमालेले बानेश्वर आएर उल्लंघन गरेको पाण्डे बताउँछन् । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पनि पहल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>