देश/प्रदेश
कालोमोसो दलेको भन्दै मोरङ अध्यक्ष सहित केही नेतालाई नेविसंघले गर्यो निलम्बन
०

मोरङ, साउन १५-
नेविसंघले कालोमोसो दलेको भन्दै आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले केहीलाई निलम्बन गरेको हो ।
छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए । नेविसंघका नेता पोखरेल लगायतले सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























