राजनीति

सुन प्रकरण : एमालेले आज संसद् चल्न नदिने

Banner

काठमाण्डौ, साउन १५-

नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर आज संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो (आइतबार) भएको भेटमा संसद्को अवरोध हटाउनेबारे कुनै निष्कर्षमा नपुगेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

‘कुनै निष्कर्ष प्रधानमन्त्रीले अध्यक्षलाई दिनु भएन भन्ने जानकारी छ,’ नेम्वाङले भने, ‘संसद्को अवरोध यथावत् नै रहन्छ।’

त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले साउन १० गते बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>