राजनीति

छानबिन भएन र दोषीलाई कारबाही भइन भने हामी गृह र अर्थ मन्त्रीको राजीनामा माग्छौँः प्रदीप पौडेल

Banner

काठमाडौं, साउन १४-

सुन प्रकरणको सत्यतथ्य छानबिन भएर दोषीसम्म नपुगे नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूहरूले गृह र अर्थमन्त्रीको राजीनामा माग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पछिल्लो समय सुनको विषय बाहिर आएको छ। त्यसको गम्भीर ढंगले छानबिन गर्नुपर्छ। यो कागज होइन, हलुका विषय होइन । कसैले थाहा नपाउने गरी त्यहाँबाट निस्कँदैन। तर, यो त्यहाँबाट कसरी निस्किरहेको छ ? राज्यको उपस्थिति भन्सारमा हुन सकेन भने कहाँ हुन्छ ? त्यसैले यो कुराको गहिराइमा छिनोफानो हुने गरी छानबिन भएन। दोषीमाथि कारबाही भइन भने हामी गृह र अर्थ मन्त्रीको राजीनामा माग्ने स्थितिमा पुग्छौँ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>