राजनीति
कर्मचारीलाई दोष दिएर सुन काण्डमा सरकार उम्कन पाउँदैनः नेता प्रदीप पौडेल

बुटवल,साउन १४-
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक-एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एकरएक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताएका हुन् । उनले सुन काण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्नेसमेत बताएका छन् ।
उनले भने, ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ रु कस-कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस् ।’ ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौं । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’
नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।



























