राजनीति

सुनकाण्डमा सरकारको मिलोमतो हुन सक्ने ओलिको आशंका

Banner

नेपालगञ्ज,साउन १३ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतोको आशंका गरेका छन्। नेपालगञ्जमा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले सरकारको जानकारीबिना यति धेरै सुन भित्रिन सम्भव नभएको जिकिर गरे।

अध्यक्ष ओलीले प्रश्न गरे, ‘एकरदुई किलो सामान लिएर आउँदा भन्सार तिर्नुपर्ने ठाउँमा १०० केजी सुन कसैले थाहै नपाइ मेसिन पनि सुतेका बेला, मानिस पनि सुतेका बेला जाँचकीलाई पनि छक्याएर फुत्त आयो तरु’ ओलीले सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

अध्यक्ष ओलीले अपवित्र गठबन्धनबाट बनेको सरकारले सुशासन दिन नसक्ने टिप्पणी गरे। उनले यो सरकारले मुलुकलाई आर्थिक रुपमा टाँट पल्टाएको आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>