राजनीति

कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्छः प्रकाशमान सिंह 

Banner

काठमाडौं,साउन १३-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई सुदृढ बनाउन प्रशिक्षण आवश्यक रहेको बताएका छन् ।

काठमाडौं महानगर सम्मेलनको आज उद्घाटन गर्दै उनले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका हुन्। उनले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए । ‘प्रशिक्षण के को लागि त भन्दा पार्टी संगठनलाई सुदृढ गर्नका लागि, अझ राम्रो गर्नका लागि हो,’ उनले भने ।

हालैको केन्द्रीय समिति बैठकका निर्णय अनुसार जनतासँग प्रत्यक्ष जोड्ने खालको कार्यक्रमसहितको सर्कुलर छिट्टै जारी हुन लागेको जानकारी गराउँदै उनले सर्कुलरमा उल्लेख भएका नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन आह्वान समेत गरे ।

संगठन बलियो भएमात्र पार्टी बलियो हुने र आगामी चुनौती सामना गर्न सकिने भन्दै उनले त्यसतर्फ जिम्मेवारीमा रहेकाहरु सबै नेता-कार्यकर्ता गम्भीरताका साथ लाग्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>