राजनीति
प्रधानमन्त्रीले भने- म अत्यन्त व्यस्त भएँ, प्लेन चढ्नुअघि पनि फुटबल स्टेडियम अवलोकन गरें

काठमाडौं, साउन १२-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए ।
सम्मेलनको क्रममा महत्वपूर्ण भेटघाटहरुबाट यो भ्रमण सफल भएको आफूले ठानेको उनले बताए । सम्मेलनमा आफू निकै व्यस्त भएको उनले सुनाए । ‘यो सम्मेलनमा म अत्यन्त व्यस्त रहें सम्मेलनको पहिलो दिन त बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म करिब १२ घण्टा एफएओको परिसर भित्र सम्मेलनमा सहभागिता र बैठकहरुमा व्यस्त रहें । केही बचेको समयमा समेत इटालीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको छु । प्लेनमा चढ्नु भन्दा केही समय अगाडि मात्रै रोमको ओलम्पिक फुटबल स्टेडियमको अवलोकन गरें,’ उनले भने ।
प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए ।



























