राजनीति

अब कोशी सरकारको कामचलाउ मुख्यमन्त्री को हुन सक्छ?

Banner

काठमाडौँ, साउन ११ –
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेको छ । सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर पेश गरेर मुख्यमन्त्री बनेपछि सर्वोच्चले असबैधानिक भन्दै बदर गरेको हो ।

मुख्यमन्त्री थापाको नियुक्ति नै बदर भएको आदेश सर्वोच्चले सुनाएपछि अर्को सरकार गठन नभएसम्म कोशी प्रदेशसमा काम चलाउ मुख्यमन्त्री को भन्ने प्रश्न उब्जेको छ।

संविधानले प्रदेशसभा रहेसम्म संघीय शासन लागू नहुने, अर्को तर्फ प्रदेशमा सरकार विहीनताको स्थिति पनि नरहने व्यवस्था गरेकाले अर्को मुख्यमन्त्री नियुक्त नहुन्जेल काम चलाउन दैनिक काम कारबाहीको जिम्मेवारी कसको भन्ने चासो देखिएको हो।

उद्धव थापाको नियुक्त नै बदर भएकाले विश्वासको मत गुमाएका हिक्मत कार्कीले नै कार्यवाहक मुख्यमन्त्रीमा निरन्तरता पाउने संविधानका जानकारहरुको तर्क छ।

वरिष्ठ अधिवक्ता एव संविधानसभाका सदस्य कृष्णभक्त पोखरेल कार्कीले नै अर्को सरकार नबनुञ्जेल कार्यवाहकमा फर्किने बताउनुभयो । उहाँले नियुक्ति नै बदर भनेर धारा १६८ ९२० को प्रक्रिया पुनः सुरु गर्ने भनेपछि काम चलाउनका रुपमा हिक्मत कार्कीले नै निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

त्यस्तै संविधानविद डा।भीमार्जुन आचार्यले पनि कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी स्वतः कार्कीको भएको उल्लेख गर्नुभयो ।

बिहीबार कोशी प्रदेशको सरकार गठनको विवाद निरुपण गर्न गठित तीन सदस्य पूर्ण इजलासले साउन १७ गतेसम्म फेरि दुई वा दुई भन्दा बढी दल मिलेर धारा १६८ ९२० बमोजिमको सरकार गठनका लागि समय दिन आदेश दिएको छ।

त्यो दिनसम्म प्रदेशसभा कुनै सदस्यले ४७ जना सांसदको हस्ताक्षर बुझाएर दाबी गरेमा मुख्यमन्त्री नियुक्त हुनेछ। अन्यथा प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतले धारा १६८ ९३० बमोजिम कार्कीले स्वतः मुख्यमन्त्रीमा नियुक्ति पाउनेछन्। कोशी प्रदेशसभा ९३ सदस्यीय छ।

गत असार १५ गते कार्कीले विश्वासको मत गुमाएर काम चलाउनको हैसियत प्राप्त गर्नुभएको थियो । बहुमतका लागि ४७ मत पाउनु पर्ने भए पनि उहाँको पक्षमा ४६ मत खसेको थियो। एक मत नपुग्दा कार्की नेतृत्वको सरकार ढल्न पुगको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>