राजनीति
राजीनामा दिने बिषय हल्ला मात्र होः कोशी प्रदेश सभामुख
०

मोरङ, साउन ११
आफ्नोसमेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको पदमुक्तिपछि सभामुख बाबुराम गौतमले आफूले राजीनामा नदिने बताउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलाले कोर्स करेक्सन गर्नुका साथै आगामी दिनका लागि मार्गप्रसस्त गरेको उनले बताए। ‘सर्वोच्चको फैसलाले सभामुख सरकार गठनमा सहभागी हुन नहुने नजिर स्थापना गरेको छ,’ उहाँले भन्नुभयो ।
सभामुख गौतमले आफूले राजीनामा दिने कुरा हल्लामात्र रहेको पनि बताउनुभयो । सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि साउन १७ गतेसम्म म्याद दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























