राजनीति

गगन थापाले आयोगलाई तिरे १५ हजार जरिवाना

Banner

काठमाडौं,साउन ११-

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं-४ का प्रतिनिधिसभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।

थापाल बुधबार सामाजिक सञ्जालमार्फत आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका छन् । आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले बताएकाछन् ।

‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’ थापाले फेसबुकमा भनेका छन् ।

खर्च विवरण यस्तो छ:

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>