राजनीति
दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएर ओली कम्बोडिया प्रस्थान
०

काठमाडौं, साउन ३–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्।
अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। गएराति कम्बोडिया गएका ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ।
अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको हो।
अध्यक्ष ओलीको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपधाध्यक्ष सुवास नेम्बाङले संयुक्त रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























