Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु सिटबाट उठेर बेल घेर्न आएपछि प्रतिनिधिसभा बैठक स्थगित

Banner

काठमाडौं, असार ३१-

राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेस गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेसको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाए । ‘त्यसो भएको हुनाले हामी जुन विधिमा थियौं त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हामीले गर्ने संसदको कारबाही अघि बढाउने तयारीमा थियौं, त्यसैले हाम्रो यो प्रक्रियामा असहमति छ’ उनले भने ।

तर, सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए । तर,रास्वपा सांसदहरुले सभामुखले प्रक्रिया मिचेको भन्दै आपत्ति जनाइरहे । रास्वपा सांसदहरु सिटबाट उठेर बेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरिदिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>