देश/प्रदेश

बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Banner

काठमाडौं, असार २७–

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको महाशाखाको भनाइ छ।

अहिले बिहान कोशी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको अवस्था छ। त्यस्तै, बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिपख देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको उसले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>