देश/प्रदेश
कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान
०

काठमाडौं ,कात्तिक १८-
देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम सफा रहनेछ ।कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने बताएको छ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























