चितवन विशेष
विष खाएर दुई नाबालक छोरासहित आमाले गरिन् आत्महत्या प्रयास, एक छोराको उपचारको क्रममा भरतपुरमा मृत्यु
०

हेटौंडा, जेठ १८-
मकवानपुरमा एक महिलाले दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छिन् । हेटौंडाकी ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार विषादी सेवनपछि गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पतालबाट गएराति नै पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको थियो । तर, आज बिहान १८ महिने नाबालक छोरा जेनिसको उपचारको क्रममा मेडिकल कलेज मृत्यु भएको छ ।
त्यस्तै अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























