क्रिकेट

तेस्रो टी-२० आईमा नेपालले मलेसियालाई दियो १११ रनको विजयी लक्ष्य

Banner

काठमाडौं, जेठ १८-

नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको छ। मलेसियासँगको तेस्रो टी(२० आईमा युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए।

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए।

नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको श्रृंखलामा १(१को बराबरी भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>