देश/प्रदेश
खेतमा सैजन काटेको विषयमा कुटपिट, एक जनाको मृत्यु
०

जनकपुरधाम, जेठ १८-
महोत्तरीममा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा कुटपिट हुँद महोत्तरीको गौशाला नगरपालिका-१० वटौवाका ५५ वर्षीया छविलाल मण्डलको मत्यु भएको हो ।
गत मंगलबार खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । विवादका क्रममा कुटपिटबाट निधार र छातीमा चोट लागेका छविलालको उपचारको क्रममा बुधबार साढे तीन बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थिए ।
प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























