Breaking News

चोरीशिकारको आशंकामा दुई युवालाई चितवन राष्ट्रिय निकुञ्जले हतियारसहित लियो नियन्त्रणमा

Banner

चितवन, जेठ १७-

चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई पक्राउ गरेको छ ।

निकुञ्जले प्रेषित गरेको विज्ञप्ति अनुसार निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ । उनीहरुबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरुमाथि वन्यजन्तुको कसुरसम्बन्धी अनुसन्धान भइरहेको निकुञ्जले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>