देश/प्रदेश

त्रिशुलीमा मोटरसाइकल खस्दा श्रीमतीको मृत्यु, श्रीमान बेपत्ता

Banner

चितवन, जेठ १७–

मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ग १० प ८१११ नम्बरको मोटरसाइकल मंगलबार इच्छाकामना गाउँपालिका–४ चुमखोलामा अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको छ ।

मोटरसाइकल त्रिशुलीमा खस्दा धादिङ शिद्धलेक गाउँपालिका–२ बस्ने ४१ वर्षीया शान्ती न्यौपानेको मृत्यु भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । न्यौपानेको शवलाई सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।

मोटरसाइकल चालक मृतककै श्रीमान ४७ वर्षीय मेघ बहादुर न्यौपाने बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>