अर्थ
विदेशबाट फर्किदा महिलालाई ५० ग्रामसम्म सुन ल्याउन छुट, पुरूषलाई कति?
०

काठमाडौं, जेठ १६-
सरकारले विदेशबाट फर्केने यात्रुले कर नतिरी ल्याउन पाउने सुनमा फरक शैली अपनाएको छ। सरकारले लिएको आर्थिक विधयेकले यात्रुले ल्याउने सुनको कर छुटमा लिंगका आधारमा छुटको व्यवस्था गरिएको हो।
विगतमा विदेशबाट फर्कने यात्रुहरूले ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने गरेकोमा अब भने यसलाई लिंगको आधारमा कर छुटको व्यवस्था गरिएको छ।
विदेशबाट फर्किएको पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ।
महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























