Breaking News

चितवनका ६५ हजार बढी मानिस विदेशमा, इच्छाकामनाबाट सबैभन्दा कम ८३७ जना गए विदेश

Banner

निरुता विक

चितवन, जेठ १४

चितवनमा ६५ हजार ६४ जना मानिस विदेशमा बसोबास गरेका छन् ।

तथ्यांक कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको बाह्रौँ राष्ट्रिय जनगणनाको नतिजा अनुसार ६५ हजार ६४ जना नागरिक विदेशमा बसोबास गरेकाका कारण परिवारमा अनुपस्थित रहेका हुन् ।

जसमध्ये ५० हजार ६५५ जना पुरुष र १४ हजार ४०९ जना महिला रहेका छन् । सबैभन्दा धेरै विदेशमा बसोबास गर्ने मानिसको संख्या भरतपुर महानगरपालिकामा रहेको तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ती भण्डारीले जानकारी दिए । महानगरमा ३७ हजार ५३४ जना मानिस विदेशमा बसोबास गर्नेको संख्या रहेको छ । जसमा २८ हजार ७०९ पुरुष र ८ हजार ८२५ महिला रहेका छन् । सबैभन्दा कम इच्छाकामनामा ८३७ जना रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै रत्ननगर नगरपालिकामा आठ हजार ४४९, खैरहनी नगरपालिकामा ६ हजार ३६१, राप्ती नगरपालिकामा ५ हजार ३४१, माडी नगरपालिकामा तीन हजार २८७ र कालिका नगरपालिकामा तीन हजार २५५ रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चितवनमा विभिन्न जिल्लाबाट बसाइँ सरी आएका नागरिकहरु मध्ये ३३.२९ प्रतिशत विवाह रहेको छ । अहिले बसोबास गरेको स्थानमा आउनुका अन्य कारणहरु आश्रित ६०.६७ प्रतिशत, काम र रोजगारी ४१.६३ प्रतिशत, अध्ययन तालिम १७.०३ प्रतिशत, कृषि १३.४४ प्रतिशत, व्यापार÷व्यवसाय ७.१३ प्रतिशत, घर फर्किएको ३.७१ प्रतिशत, प्राकृतिक प्रकोप २.२१ प्रतिशत, उल्लेख नभएको ०.५७ प्रतिशत र अन्य १८.७९ प्रतिशत रहेका छन् ।

जनगणनाको नतिजाले जिल्ला कुल परिवार ७९.२८ प्रतिशत परिवारले खाना पकाउन अक्सर एलपी. ग्यास प्रयोग गर्ने गरेको देखिएको छ । खाना पकाउन अक्सर १८.३१ प्रतिशत, काठ-दाउरा, १.७० प्रतिशत, बायो ग्यास, ०.६१ प्रतिशत बिजुली, ०.०४ प्रतिशत गुइठा, ०.०२ प्रतिशत मट्टितेल र ०.०३ प्रतिशत अन्य इन्धन प्रयोग गर्ने परिवारका सदस्य रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>