देश/प्रदेश

संसदको कुरा सिंहदरबारमा सहमति गर्ने संसदको प्रतिनिधित्व गर्न हामीसँगै जनताले पनि खोजेको होइन: अमरेशकुमार

Banner

काठमाडौं, जेठ १४-

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा उठेका विषयबस्तुबारे सिंहदरबारमा छलफल गरी रेकर्डबाट हटाइने गरेको बताएका छन्।

संसदमा उठेका विषयबस्तुबारे संसदमै छलफल गरी छिनोफानो गर्नुपर्ने उनको भनाइ हो ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदरबारमा सहमति हुन्छ, यहाँ रेकर्डबाट हटाइन्छ। त्यस्तो संसदको प्रतिनिधित्व गर्न हामीले खोजेको होइन। जनताले पनि खोजेको होइन।’

पशुपतिको जलाहरीबारे संसदमा उठेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल गरी रेकर्डबाट हटाउने सहमति बनेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>