देश/प्रदेश
चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो बैंगलुरू उडेको जहाज
०

काठमाडौं, जेठ १३-
काठमाडौंबाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज फर्किएको छ। एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो।
जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























