देश/प्रदेश

सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

Banner
काठमाडौँ, जेठ ११-
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ ।
बालुवाटारस्थित सभामुख निवासमा आज बुढामगरलाई स्वागत गर्दै उहाँहरुले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।” उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको सङ्ज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गर्नुभयो ।
सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो । बधाई पत्रमा उहाँले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राख्नुभएको विश्वकीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>