देश/प्रदेश
१० महिनामै स्मार्टफोन आयातमा बाहिरियो २० अर्ब ४१ करोड
०

काठमाडौँ, जेठ ८-
चालू आर्थिक वर्ष २०७९र८० को १० महिनाको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब भन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि वैशाख महिनासम्मको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रकम बाहिरिएको हो ।
यस अवधिमा विदेशबाट १३ लाख वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ३ अर्ब ८१ करोड रुपैयाँ राजश्व बुझाएका छन् । जबकि, चालू वर्षको भदौदेखि वैशाखसम्ममा अवैधरुपमा ४५ लाख सेट मोबाइल फोन भित्रिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























