देश/प्रदेश

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु

Banner

काठमाडौं, जेठ ७-

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शनिबार साँझ रौतहट गढीमाई नगरपालिका-७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर यादवका अनुसार आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको थियो।

बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>