देश/प्रदेश

आगामी तीनदिन सम्म पानी पर्ने र रोकिने क्रम चलिरहने

Banner

काठमाडौं, जेठ ६-

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशका पहाडी भूभागहरूको मौसम सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ।

दिउँसो बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

त्यस्तै काठमाडौं उपत्यकामा पनि सामान्य वर्षााको सम्भावना छ। ‘लगातार पानी परिरहने हुँदैन, रोकिने र फेरि पर्ने क्रम चलिरहने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने।

त्यस्तै कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना पनि रहेको छ। आगामी तीनदिन सम्म बादल लाग्ने, पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् अधिकारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>