देश/प्रदेश

अभिनेत्री मनिषा कोइरालालाई भेटेपछि अष्ट्रेलियाली सहायकमन्त्रीले भने-उहाँसँग भेट्न पाउनु सौभाग्य

Banner

काठमाडौं, जेठ ४-

दुईदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौंमा आइपुगेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स र अभिनेत्री मनिषा कोइरालाबीच भेट भएको छ । भेटपछि सामाजिक सञ्जालबाट जानकारी दिंदै वाट्सले अनिनेत्री कोइरालालाई व्यक्तिगत रुपमा भेट्न पाउनु आफ्नो सौभाग्य रहेको बताए ।

अष्ट्रेलियाको मेलबर्नमा भइरहने भारतीय फिल्म फेस्टिभलमा आफूले धेरैपटक सहभागी भएको स्मरण गर्दै सहायक विदेशमन्त्री वाट्सले मनिषासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘म मेलबर्नको भारतीय फिल्म महोत्सवमा धेरै पटक गएको छु । भारतबाहिर भारतीय सिनेमाको यो सबैभन्दा ठूलो उत्सव हो । तर मनिषा कोइरालालाई व्यक्तिगत रूपमा भेट्नु विशिष्ट सौभाग्य हो ।’

यसैसाता काठमाडौं आइपुगेकी मनिषाले केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि भेटेकी छन् ।

हेर्नुहोस् उनको फेसबुक स्टाटस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>