देश/प्रदेश
त्रिभुवन विमानस्थलका कवाडी सामानमा १५ दिनभित्र हकदावी नगरे कार्यालयले हटाउने
०

काठमाडौं, जेठ ३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ पार्किङ क्षेत्रको पूर्वी भेगमा राखिएका कवाडी सामान १५ दिनभित्र हकदावी गर्न नआए कार्यालय आफैंले हटाउने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार सो क्षेत्रमा प्रयोगमा नआउने बेवारिसे सामान राखिएका छन् । यस क्षेत्रमा विमानस्थलले र्याम्प बसको पार्किङ स्थल बनाउने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























