देश/प्रदेश
विद्यालय जाँदै गर्दा ट्र्याक्टरबाट खसेका दिदीबहिनीको मृत्यु
०

पाँचथर, जेठ ३-
पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थीको मृत्यु भएको छ । बिहान मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा मे १ त २९६१ नम्बरको ट्र्याक्टरबाट खसेर विद्यालय जाँदै गरेका दिदीबहिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १२ वर्षीया पुजना सुवेदी र १० वर्षीया गंगा सुवेदीको मृच्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चालक सिटको छेउमा रहेका उनीहरू ट्र्याक्टरबाट खसेपछि ट्र्याक्टरले किचेर उनीहरुको मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























