देश/प्रदेश

२७ औँ पटक सगरमाथा चढेर शेर्पाले तोडे आफ्नै विश्व रेकर्ड

Banner

सोलुखुम्बु, जेठ ३-

सगरमाथा आरोहणमा कामिरिता शेर्पाले आफ्नै विश्व रेकर्ड तोडेका छन्। उनले २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका हुन्। आज (बुधबार) बिहान ८ः३० बजे २७औं पटक सगरमाथा आरोहण गर्न सफल आफ्नै विश्व रेकर्ड तोडेर कामिरिताले नयाँ रेकर्ड कायम गरेका हुन् ।

सोलुखुम्बुमा सन् १९७० मा जन्मिएका कामिरिता सेभेन समिट ट्रेकका सिनियर गाइड हुन्। उनी सन् १९९२ मा सहयोगीका रुपमा सगरमाथा आरोहणमा जोडिएका थिए। त्यस्त ैउनले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>